देश/प्रदेश

छोराको कुटपिटबाट घाइते भएका बाबुको मृत्यु

Banner

काठमाडौं, मंसिर १५-

छोराको कुटपिटबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। छोरा गोपाल तामाङले मदिरा सेवन गरी कुटपिट गर्दा गोसाइँकुण्ड गाउँपालिका-५ का छेवाङ तामाङको मृत्यु भएको हो ।

रसुवाका प्रहरी प्रवक्ता इन्स्पेक्टर नेत्रप्रसाद पौडेलका अनुसार गोपालले आफ्नो बाबुको टाउकोमा चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका छेवाङको उपचारको क्रममा गएराति ११ः४० बजे जिल्ला अस्पताल धुन्चेमा मृत्यु भएको हो।

घटनापश्चात गोपाललाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर पौडेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area