अन्तर्राष्ट्रिय
गजामा दुई दिन लम्बियो युद्धविराम, हमासले अहिलेसम्म छाड्यो ६९ बन्धक

गजारतेल अविभ, मंसिर ११-
इसराइलले गजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ। पहिलो चरणको चार दिन युद्धविरामको समय सोमबार सकिएलगत्तै हमास र इसराइलबीच गजामा थप दुई दिन युद्धविराम गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सहमतिअनुसार यी दुई दिनको अवधिमा हमासले प्रत्येक दिन कम्तिमा १०-१० जना बन्धकमुक्त गर्नेछन्। इसराइलले पनि उसको देशका जेलमा रहेका प्यालेस्टिनियन कैदीहरूलाई छोड्ने छ।
सिएनएनका अनुसार पहिलो चरणको युद्धविरामको चार दिनमा हमासले ६९ बन्धकलाई छाडिसकेको छ। त्यसको बदलामा इसराइलले पनि १५० प्यालेस्टिनियन कैदीहरूलाई जेलमुक्त गरेको छ।
इसराइलले सोमबार ११ बन्धक मुक्त गरेको थियो। इसराइलले ३३ कैदीबन्दीलाई जेलमुक्त गरेको छ।
सोमबार हमासले विदेशी नागरिकलाई बन्धक मुक्त गरेको छ। जसमा ३ जना फ्रान्सका, २ जना जर्मनका र ६ जना अर्जेन्टिनाका नागरिक रहेको कतारको विदेश मन्त्रालयका प्रवक्ता मजिब अल अन्सारीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
यसअघि बन्धकमुक्त हुनेमा इसराइलसँगै थाइल्याण्ड, फिलिपिन्स र अमेरिका ९आइतबार ४ वर्षीय बालक बन्धकमुक्त०का बन्धकहरुलाई छाडेको छ।
हमासले अक्टोबर ७ मा इसराइलमाथि आक्रमण गरी त्यहाँबाट इसराइलीसहित २६ देशका २४९ जनालाई बन्धक बनाइ गजा पुर्याएको थियो।
हमासले बन्धक बनाएकोमा नेपालका विपिन जोशी पनि छन्। उनी दोस्रो चरणमा छुट्ने परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ। एजेन्सी























