इच्छकामना

मनकामना केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिँदै, एक अर्ब रुपैयाँ खर्च लाग्ने

Banner

चितवन, मंसिर १०-

मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको अवसरमा केबलकार प्रविधिलाई स्तरोन्नति गरिने भएको छ ।

२५ वर्षअघि सेवा सुरु गरेको मनकामना दर्शन प्रालिले केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताएका हुन् ।

सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार यही वर्षभित्र एक अर्ब रुपैयाँ लागतमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिनेछ । हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै आएको केबलकारको स्पेयर पार्ट्स पाउन कठिनाइ भएकाले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।

उनका अनुसार अष्ट्रियाको डिप्पेलमेयर कम्पनीको डी–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गरिनेछ । जसमा पहिलो चरणको काम सम्पन्न भइसकेको छ, बाँकी चरणको कामहरु आगामी भदौ, असोज महिनासम्म सम्पन्न गरिने श्रेष्ठले जानकारी दिए ।

‘अहिले पहिलो चरणको काम सम्पन्न भइसकेको छ । भदौ÷असोजसम्म सम्पन्न हुन्छ । यसको लागि समान मनाइसेकेका छौँ, केही सामान आइसकेको छ’, श्रेष्ठले भने, ‘अबको चरणमा कन्ट्रोल सिस्टम, कम्युनिकेसन केबलको साथै केबलकारको केबुल लठ्ठा फेरिनेछ ।’

यस्तै, सन् २०२५ देखि सुरु हुने गरी मनकामना केबलकार हाताभित्र नै रिसोर्ट निमार्ण कार्य भइरहेको छ । ४० कोठाको रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा, सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रिसोर्टको लागत ५५ करोड रुपैयाँ हुनेछ ।

यो रिसोर्ट सञ्चालनमा आएसँगै मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको सञ्चालक श्रेष्ठले बताए । सुरुआती वर्षमा तीन÷चार लाख यात्रु सेवा सुरु गरेकोमा हाल वार्षिक ११ लाख यात्रु पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>