देश/प्रदेश

दुर्गा प्रसाईको गुनासो: मेरो आन्दोलनलाई काठमाडौँबासीले सघाएनन्

Banner

काठमाडौँ, मंसिर ९-

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् ।

शनिबार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेशिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जीकिर गरे ।

‘म जति बाँच्छु तपाइँहरुको हितमा काम गछुं । साथ दिन तपाइँहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए । उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।

 

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>