खेलकुद

विश्वकप छनोट: अर्जेन्टिना र ब्राजिल पराजित

Banner

काठमाडौं, मंसिर १-

फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो ।

छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ । अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलमा उरुग्वेलाई जित दिलाउन रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गरे ।

हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । यस्तै अर्को खेलमा लुइस डियाजले दुई गोल गरेपछि कोलम्बियाले ब्राजिलविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।

गाब्रिएल मार्टिनेलीले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन सकेन । कोलम्बियाले अन्तिम १५ मिनेटभित्र दुई गोल गर्दै खेल जित्यो ।

लुइस डियाजले ७५औं मिनेटमा कोलम्बियाका लागप बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै कोलम्बियाले खेल जितेको हो ।

जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ ।

छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २-० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।

बराबरीपछि भेनेजुएला ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>