चितवन विशेष

भरतपुरको मृगकुञ्ज टोलमा विशेष सरसफाइ अभियानसहित डस्टबिन बितरण

Banner

चितवन, कात्तिक २५-

भरतपुर महानगरपालिका–११ को मृगकुञ्ज टोलमा विशेष सरसफाइ अभियान गरेर डस्टबिन बितरण गरिएको छ ।

टोल विकासका अध्यक्ष दिपक रेग्मीको अध्यक्षतामा भएको अभियानमा टोलका सबै क्षेत्रको आज सरसफाइ गएिको हो । घर वरपरि र सडक छेउछाउका फोहोरलाई टोलबासीले बोरामा संकलन गरेका छन् ।
अभियान सकिएलगत्तै भरतपुर महानगरपालिका–११ नम्बर वडाका वडा अध्यक्ष कमल मल्लले विभिन्न चोकमा राख्ने गरी डस्टबिन स्ट्याण्डसहित ९ जोडी टस्टबिन स्थानीय नागरिकलाई हस्तान्तरण गरे । डस्टबिन बितरण गर्दै उनले सरसफाइमा जुट्नु सबैको साझा दायित्व भएको बिचार राखे ।

९ जोडी विशेष स्ट्याण्डसहितको डस्टबिन नेपाल विकास समाजले दुईवटा, रेड सी आइरनका प्रोपाइटर अभि लामाले दुई वटा, टाउको खाने होटलको प्रोपाइटर एकमान गुरुङले एउटा र मृगकुञ्ज टोेलले ४ वटा प्रदान गरेका थिए । यसप्रकारको डस्टबिन टोलको चोकचोकमा राख्दा सहरी सान्दर्य बढ्ने टोलको विश्वास छ ।

कार्यक्रममा नेपाल विकास समाजका कार्यक्रम संयोजक सागर कार्की, वडा नम्बर ११ की वडा सदस्य लालमाया लामा, ज्ञानज्योति टोल विकास संस्थाका मोहननिधि तिवारी, वडाका सरसफाइ तथा वातावरण मैत्री संयोजक यमनाथ आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>