खेलकुद

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

Banner

हेटौंडा, कात्तिक २३–

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । आज हेटौंडामा भएको एन्फाका विशेष साधरणसभामा मतदान मार्फत अविश्वासको प्रस्ताव टुंगो लगाइएको हो ।

विवादकाबीच गरिएको मतदानमा कुल ५३ मत खसेको थियो । जसमध्ये ५२ मत अविश्वासको प्रस्तावको विपक्षमा रहेको र एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । एन्फामा कुल ८७ मत हुँदा जम्मा ५३ मत मात्रै खसेको थियो । ३४ जनाले मतदानमा सहभागि नै भएनन् ।

असन्तुष्ट पक्षले विभिन्न आरोप लगाउँदै एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>