देश/प्रदेश
धर्मेन्द्रले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ७० हजार धरौटीमा धर्मेन्द्र रिहा
०

रुपन्देही, कात्तिक १८-
नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला १५ दिनपछि ७० हजार धरौटीमा रिहा भएका छन्। दशैंअघि आफैले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि दाङ प्रहरी हिरासतमा रहेका प्रवक्ता बाँस्तोला १५ दिनपछि धरौटीमा रिहा भएका हुन्।
सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा उनी इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका थिए । कात्तिक २ गते राति पौने १० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिंङ्गेनजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























