देश/प्रदेश

रूकुम पश्चिममा भूकम्प: मृत्यु भएकामध्ये २७ जनाको सनाखत

Banner

काठमाडौँ, कात्तिक १८-

गएरातिको भूकम्पबाट रुकुम पश्चिमका दुई पालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु भएका ३६ मध्ये २७ जनाको सनाखत भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज कार्कीले सानी भेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको मृतकको पहिचान खुलि सकेको जानकारी दिए। अन्यको अझैं सनाखत भइ नसकेको उनले बताए।

भूकम्पबाट मृत्यु भएकाहरू

१ – सानीभेरी – २ परियार टोलकी १२ बर्षीइा मनिषा परियार
२– सानीभेरी – १ चाईनाबगरका ३१ बर्षीय धनबिर पुन
३ – सोही ठाउँका २८ बर्षीया चुम्निमा पुन
४– सोही ठाउँका ८ बर्षीय यमराज पुन
५– सोही ठाउँकै २ बर्षीय सितम पुन
६ – सोही वडाका १० महिनाको बालक रेजन वली
७ – सानीभेरी – ४ का ८ बर्षीय निर्जल चन्द
८ – सोही ठाउँकी २५ बर्षीया सकुन्तला दमाई
९ – सोही ठाउँकै ६ बर्षीय कृष्ण परियार

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>