देश/प्रदेश

घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं : केपी ओली

Banner

चितवन, कात्तिक १८-

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाको शीघ्र उद्दार र उपचारको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले यो भूकम्प प्रभावित क्षेत्रका नागरिकले धैर्य र सावधानी अपनाउने र बाहिरकाले सहयोग गर्नुपर्ने समय भएको बताए ।

‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। ६.४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्, राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोन मार्फत जानकारी लिएँ । यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्दारमा खटौँ । घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो’, उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>