राजनीति
ओलीले भारतीलाई भने-‘स्वास्थ्यको ख्याल गर्नु नानी’

चितवन, कार्तिक १७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारती मानन्धरलाई स्वास्थ्य लाभको कामना गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका हुन् । ओलीले लेखेका छन् स्वास्थ्यको ख्याल गर्नु भारती नानी ।
संविधान दिवसका अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर भोलिपल्ट ओलिलाई भेट्न बालकोट पुगेकी थिइन् । उनले अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आए पनि अन्ततः न्याय पाएको बताएकी थिइन् ।
उनले आफ्नो टिमले कुनै पनि लोभ लालचमा नलागेर आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यो कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगललाई सरकारले संविधान दिवसका अवसरमा आममाफी दिएको थियो ।



























