राजनीति

कोशी प्रदेशको मन्त्रीमण्डल पाँच सदस्यीय

Banner

विराटनगर, कार्तिक १७-
संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेर पाँच सदस्यीय बनाएका छन् ।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २८ गते एमालेबाट राम रानामगर र नेपाली कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । एमालेको असहमतिका बीच शुक्रबार उनले केन्द्रीय सत्ता गठबन्धनका मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन् । उनले नियुक्त गरेका माओवादीका मन्त्री गणेश उप्रेती मोरङको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । उप्रेतीले हालसम्म कुनै पनि राजकीय जिम्मेवारी निर्वाह गरेका छैनन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा मन्त्री नियुक्त भएका कमलप्रसाद जबेगु पुराना बामपन्थी नेता हुन् । उनी यसअघि उद्धव थापा मुख्यमन्त्री हुँदा पनि मन्त्री मण्डलमा सहभागी भएका थिए । मुख्यमन्त्री थापा बर्खास्तमा परेपनि उनको पनि पद गएको थियो । उनी पाँचथर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । यसअघि नियुक्त भएका कांग्रेसका शम्शेर राई इलाम १ (२) बाट निर्वाचित सांसद हुन् । उनी यसअघि इलामको रोङ गाउँपालिकाका अध्यक्ष भइसकेका छन् । यस्तै एमालेको उम्मेदवार बनेर इलाम २ (२) निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामबहादुर राना अघिल्लो पटक पनि प्रदेशसभाको सांसद र मन्त्री भइसकेका हुन् ।

यता, एमालेले भने आफ्नो सहमति बिना मन्त्रीमण्डल विस्तार गरेको भन्दै सरकारबाट बाहिरिने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>