देश/प्रदेश

राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

Banner

काठमाण्डौ, कात्तिक १७-

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाण्डौबाट प्रस्थान गरी मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ गतेसम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ ‘सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टिज टु द युनाइटेड नेशन कन्भेन्सन एगिनिस्ट करप्शन’  कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>