क्रिकेट

प्रचण्डले भनेः नेपाली क्रिकेट टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान छ

Banner

काठमाडौँ, कात्तिक १७-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी–२० विश्वकपमा छनौट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।

एसिया क्षेत्र छनौटमा शुक्रबार युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनौट भएसँगै प्रधानमन्त्री प्रचण्डले सामाजिक संजालमार्फत् बधाई दिएका हुन्।

‘टी–२० विश्वकप प्रतियोगितामा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।’ प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैं यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>