राजनीति

तरमाराको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैनः ओली

Banner

काठमाडौं, कात्तिक १७-

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।

बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरु नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन भनेर लागेको बताए।

उनले क्रुर हत्या गर्नेहरुका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाए। हिंसा शुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुंगिन्छ ? भन्दै प्रश्न गरे। उनले शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्ने बताए।

उनले भने, ‘हिजो जसले हिंसा मच्चायो, जसले अन्याय गर्‍यो, उनीहरु नै अहिले न्यायाधीश बनेका छन्, सरकारको ताला साँचो लिएर कस्सिएका छन्, शान्ति प्रक्रिया टुंग्याउन भनेर। गंगा अधिकारी गोरखा उनी अहिले पनि अनसनमै हुनुहुन्छ। अस्पतालमा छ। उनका श्रीमानको लास अस्पतालमा छ। त्यो लास उठाउन कुनै ध्यान छैन, यो सरकारलाई। उनको छोरो माओवादीले घिसारी घिसारी बोरामा हालेर दुई वटा मोटरसाइकलले घिसारेर मारेको छ। त्यो मुद्दा एउटा फौजदारी मुद्दा नभएर क्रान्ति हो भनेर त्यो मुद्दा नचलाएको छ। कसरी न्याय हुन्छ, तिनै मानिसहरु अहिले सरकारमा छन्।’

शान्ति प्रक्रिया टुंग्याउने विषयमा संवेदनशीलता बिल्कुल नदेखिएको उनले बताए । ‘उल्टै हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँछन्, महान दिवस हो भनेर। बिदा दिइएको छ। एक पटक होइन, अब सधैँ हरेक वर्ष। हिजोको हिंसाप्रति, हिजो मानिस अनावश्यक ढंगले मारिए त्यसप्रति कुनैपनि चिन्ता छैन। यस्तो मनोदशाले शान्ति प्रक्रिया कसरी सफल होलारु शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्छ। विजयोत्सव मनाउनेहरु तरमाराको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन’, ओलीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>