राजनीति

विमानस्थलमा बाहिर जानेको ताँती देख्छौं, ती जाने परिवारको हालत देख्दा मन पोल्न थाल्छः अध्यक्ष नेपाल

Banner

काठमाडौं, कात्तिक १६-

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको अवस्था बुझ्न विमानस्थलमा विदेश जानेको ताँती हेरे पुग्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जेबी टुहुरेले गाएझैं ‘लाहुर हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ’ जस्तै देशको अवस्था रहेको बताएका हुन्।

‘म भन्न चाहन्छु– जेबी टुहुरेको त्यो गीत, लाहुर हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ, लाखौंका लागि उजाड छ यो देश मुट्ठिभरका लागि स्वर्ग छ,’ उनले संसद् बैठकमा भने, ‘जब विमानस्थलमा हामी जान्छौं, बाहिर जानेहरूको ताँती देख्छौं। ती जाने परिवारको हालत जब हामी देख्छौं, हाम्रो मन पोल्न थाल्छ।’

उनले युवा मिटरब्याजमा ऋण काढेर भए पनि विदेश जानेको ताँतीमा रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>