देश/प्रदेश

संयुक्त राष्ट्रसंघका महासचिवको लुम्बिनी जाने भएपछि रातारात सडक पिच

Banner

लुम्बिनी,कात्तिक १२-

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ। लामो समयदेखि अलपत्र रहेका लुम्बिनी विकास कोषभित्रका सडक हतारहतार कालोपत्रे गर्न थालिएको छ। महासचिव गुटेरेसको भ्रमणतालिका सार्वजनिक भएसँगै रातभर सडक पिच गरिएको छ ।

यादशमीअगाडिसम्म लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले सडक निर्माणलगायतका पूर्वाधारका काम छिटो सम्पन्न गर्न पटकपटक ताकेता गरेका थिए। तर, काम हुन सकेको थिएन। अहिले निर्माण व्यवसायीहरू धमाधम काम गरिरहेका छन्।

महासचिव गुटेरेसलाई लुम्बिनीको मायादेवी मन्दिरसम्म पुग्ने बाटो सफाइदेखि लिएर ६ सय ५० मिटर सडक पिच गर्न लागिएको छ। लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोषको चार नम्बर गेटदेखि शान्तिदीपसम्म पुग्ने ६ सय पचारमिटर सडक पिच गर्न लागिएको बताए। त्यसैगरी, पाँच नम्बर गेटको निमार्णाधीन गेटको काम पनि सम्पन्न गर्ने तयारीमा रहेको योजना प्रमुख भट्टराईले बताए।

महासचिव गुटेरेसलाई चार नम्बर गेटबाट प्रवेश गराएर शान्तिदीप हुँदै मायादेवी मन्दिर लैजाने र पाँच नम्बर गेटबाट बाहिरिने गरी भ्रमणको तालिका रहेको भट्टराईले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>