देश/प्रदेश

नढोगेको निहुँमा कुटपिट गरी घनश्यामको हत्या गर्ने दुई पक्राउ

Banner

सल्यान,कात्तिक १०-

सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको बागचौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र सोही ठाउँका २३ वर्षीय सन्तोष ओली रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कुटपिट गरी फरार भएका सन्तोषलाई दाङ्ग तुलसीपुर उपमहानगरपालिका १२ रझेना र केशरलाई बागचौर नगरपालिका ९ मौरीघारे परिलेखमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। यही कात्तिक ४ गते दिउँसो बागचौर नगरपालिका ७ स्थित उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल खेल्न जम्मा भइरहेको अवस्थामा केशर ओली र शंकर ओलीले मादक पदार्थ सेवन गरी खुट्टा ढोग्न लगाउँदा घनश्यामले नमानेपछि मराणासन्न हुने गरी कुटपिट गरेका थिए।

घाइते घनश्यामको भारतको नानपारामा उपचारका क्रममा बुधबार ८ गते मृत्यु भएको थियो। दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>