देश/प्रदेश

सोलुखुम्बुमा दुर्घटनामा परेको मनाङ एयरका पाइलट सेढाईंको निधन

Banner

काठमाडौँ, कात्तिक ८–

मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ। गत असोज २७ गते शनिबार सेढाईले चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि एयर एम्बुलेन्स मार्फत भारतको मुम्बई लगिएको थियो।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् जनाएको छ। दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>