देश/प्रदेश
उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौँको पेट्रोल पम्प सिल
०

काठमाडौँ, कात्तिक २-
केन्द्रीय अनुगमन समितिले काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरेको छ ।
समितिले आज अनुगमनमा गर्दा उपभोक्तालाई ठग गरेको पाएपछि पेट्रोल पम्प सिल गरेको हो । पेट्रोल पम्पले उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको समितिले फेला परेको थियो । सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।
त्यस्तै अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाले भने ‘जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























