देश/प्रदेश

देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने

Banner

लुम्बिनी, कात्तिक २-

रुपन्देहीको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका–८ विशाल नगर (टटेरा) मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन ९वन क्षेत्र०मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्रलगायतका संरचना निर्माण गरिने छ ।

धम्मग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित बुधबार ध्यान केन्द्र निर्माणस्थलमा आयोजित कार्यक्रममा सुखशान्ति विहार शङ्करनगरका भन्ते, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा तिलक आचार्य, साधक गोपाल पोखरेल, डा खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडेलगायतले बौद्ध विधि र संस्कार अनुसार विपश्यना ध्यान केन्द्रको शिलन्यास गर्नुभएको हो ।

केन्द्रका पुराना साधक साधिका ९१० दिने शिविरमा बसेका०हरुको स्वतस्फूर्त दान सहयोगबाट ध्यान केन्द्रको निर्माण गरिने छ । गुरुयोजना अनुसार पहिलो चरणमा धम्म हल९ध्यान केन्द्र०, आचार्य निवास, महिला र पुरुष ९साधक साधिका०का लागि आवासीय सुविधा सहितका दुईवटा भवन, भान्सा र स्नान घर निर्माण गरिने छ ।

शिलान्याश अघि निर्माणस्थलमा साधक साधिका लागि करिब दुई घण्टाको ध्यान शिविर सञ्चालन गरिएको थियो । ध्यान केन्द्रको निर्माण पश्चात देश विदेशका साधक साधिकाले ध्यान, साधना, योग तथा अध्ययन अनुसन्धान गर्नुका साथै धम्म हलमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने छ ।
विपश्यना ध्यान शिविर सञ्चालनका लागि पनि कसैसँग शुल्क लिइनेछैन । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट हुनेछ । धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाले समेत पारिश्रमिक लिदैनन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा तिलक आचार्यले लोपहुँदै गएका संस्कृति र सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई ध्यान, साधना तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरी देवदहको अलग्गै पहिचान स्थापित गर्ने गरी काम भइरहेको बताउनुभयो ।

साधक गोपाल पोखरेलले यो क्षेत्रलाई धम्मग्राम र अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । आजभन्दा लगभग दुई हजार छ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराउनुभएको विपश्यना ध्यानप्रति मानिसको आकर्षण बढेको भन्दै साधक पोखरेलले ध्यान केन्द्रको निर्माणपछि नयाँ साधक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना भएको साधक डा खडानन्द पौडेलको भनाइ छ । “विपश्यना दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो”, डा पौडेलले भन्नुभयो, “यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ ।”

यो साधनाविधि दुःखबाटमुक्त हुने सक्षम उपाय भएकाले हिन्दू, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्ने साधक मेघराज ज्ञवालीले बताउनुभयो ।

रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>