देश/प्रदेश
परराष्ट्र मन्त्री साउद अमेरिका जाने
०

काठमाडौं, कात्तिक २-
परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमणमा जाने भएका छन्। सन् २०१८ पछि पहिलो पटक नेपाली परराष्ट्र मन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका हुन्।
साउद अर्को साता अमेरिका जाने भए पनि उनको भ्रमणको कार्यतालिका टुंगो लाग्न बाँकी छ।
परराष्ट्र मन्त्री साउदका प्रेस संयोजक केशव साउदका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस कात्तिक १२ गते नेपाल आएपछि उनीसँग भेट गर्ने र त्यसपछि मन्त्री साउदको अमेरिका भ्रमणको कार्यतालिका तय हुने छ।
अमेरिका भ्रमणका बेला परराष्ट्रमन्त्री साउदले समकक्षी एन्टोनी ब्लिन्केनसँग भेटघाट गर्ने तय भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























