राजनीति

बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने माग उठेको छः गगन थापा

Banner

काठमाडौं, कात्तिक २-
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको उनले जानकारी दिए ।

नेपाल प्रेस युनियनको शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रममा महामन्त्री थापाले आज चार जना बागमती प्रदेशका सांसदहरु आएर माओवादी सरकार नमान्ने बताएको उनले सुनाए । त्यसको जवाफमा आफूले पार्टी सभापति र बरिष्ठ नेताहरुलाई सोध्न भनेको उनले बताए ।

बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ । गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>