राजनीति

माओवादीका आङ्बोले भने ‘कोशी सरकारबाट एमाले जतिसक्दो छिटो बाहिरिनुपर्छ’

Banner

विराटनगर, कात्तिक ०१-
नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताएका छन् । बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुुरा गर्दै आङ्बोले एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको बताए ।

मुख्यमन्त्री केदार कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको भन्दै उनले आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको बताए । माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा रहँदा अहिलेका मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनको भावना अनुसार सरकारबाट बाहिरिन आफूहरुलाई आग्रह गरेको नेता आङ्बोले स्मरण गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>