राजनीति

मुख्यमन्त्री बनाउँदा कांग्रेसभित्र झगडा गरेका ८ जनासँग गाला जोडिसक्यौंः उद्धव थापा

Banner

विराटनगर, कात्तिक १-

नेपाली कांग्रेस कोशी प्रदेशका सांसद उद्धव थापाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा पार्टीभित्र झगडा गरेका ८ जना सांसदहरूसँग कुरा मिलिसकेको बताएका छन्।

मुख्यमन्त्री कार्कीसहित कांग्रेसका ८ सांसद र नेकपा (एमाले) का ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए।

उनले कांग्रेसका ८ जनाले पार्टीभित्र झगडा गरे पनि यो विषय मिलिसकेको बताए।

बुधबार प्रदेश सभामा बोल्दै उनले पार्टीका ८ जना सांसदले झगडा गरेको पनि बताए। ‘८ जना सांसदले पार्टीभित्र झगडा गर्नुभयो। कुण्ठा पोख्नुभयो,’ उनले भने, ‘उहाँहरू युद्ध जितेर घरमा आएपछि हामीले गाला जोड्यौं।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>