देश/प्रदेश

इजरायलबाट उद्दार गरिएका १९ जना नेपाली भारतबाट स्वदेश फर्किंदै

Banner

काठमाडौं, कात्तिक १-

इजरायलबाट भारतीय विमानमार्फत उद्दार गरिएका १९ जना नेपाली नागरिक भारतबाट नेपालका लागि प्रस्थान गरेका छन् । भारतस्थित नेपाली राजदूतावासले उनीहरुमध्ये ७ जनालाई बस रिजर्भ गरेर कञ्चनपुर पठाएको जनाएको छ ।

त्यस्तै, ८ जनाले काठमाडौंका लागि आफैं टिकट काटेको, २ जना आफ्नै तरिकाले नेपाल फर्किने भनेको र एक जना आफन्त भएको भन्दै मुम्बई गएको दूतावासले जानकारी दिएको छ ।

इजरायलमा युद्ध चर्केपछि समस्यामा परेका नेपालीहरुलाई उद्दार गरिन थालेको थियो । यसअघि पनि २५४ जना नेपालीको उद्दार भइसकेको छ । इजरायल युद्धमा १० जना नेपालीले ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>