देश/प्रदेश
कुकर प्रहारबाट श्रीमतीको हत्या, श्रीमान पक्राउ
०

उदयपुर, कात्तिक १-
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मंगलबार राति उदयपुर त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो। उनीमाथि श्रीमती ३० वर्षीया छविमायाको हत्या गरेको आरोप छ।
घरायसी विवाद हुँदा उनले खाना पकाउने कुकरले हिर्काएर छविमायाको हत्या गरेको प्रहरीले जनाएको छ।
कुकर प्रहारबाट गम्भीर घाइते भएकी छविमायालाई जिल्ला अस्पताल उदयपुर लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























