राजनीति
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वास मत नदिने
०

विराटनगर, कात्तिक १-
राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन्। सत्तारूढ गठबन्धन र नेकपा एमालेले भने विश्वासको मत दिने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रदेशमा विपक्षी चाहिने र राप्रपाले विपक्षीमा बस्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिएका हुन।
कोशीमा राप्रपाका ६ जना प्रदेश सभा सदस्य रहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























