राजनीति

एमालेका नेता रावलले भनेः लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो ?

Banner

काठमाडौं,असोज ३०-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता भीम रावलले आपत्ति जनाएका छन् । सुदूरपश्चिममा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सडकमा लाखौं जनता र कार्यकर्ता सडकमा ल्याउने अभिव्यक्ति दिएपछि नेता रावलले आपत्ति जनाएका हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नांगो हस्तक्षेप गरेकोबारे चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिएको भन्दै प्रश्न गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सुदूरपश्चिम, दार्चुलाका लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र हालै त्यहाँ भारतीय प्रमंले नांगो हस्तक्षेप गरेको बारे धनगढीको कार्यक्रममा चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो रु आफैंलाई वा विदेशी हस्तक्षेपका विरोधीहरूलाई ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>