राजनीति
ओलीलाई रविले भनेः भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता ?

काठमाडौँ,असोज ३०-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् ।
मंगलवार काठमाडौँमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका हुन् । सोमवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरूलाई भोट दिने जनता पनि कस्ता रु भन्ने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने? ती भोटर चाहिँ कस्ता? भन्ने प्रश्न गरे ।
सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।



























