राजनीति

एमाले छाडेर पति प्रभुको पार्टीमा लागेपछि मौलापुरकी मेयरको पद रिक्त

Banner

काठमाडौं,असोज ३०-

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।

२०७९ वैशाखको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी साह उनका पति प्रभु साहले एमाले छाडेर आम जनता पार्टी खोलेपछि पार्टीको सम्पर्कमा थिइनन् । उनलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएपछि एमालेले कारबाही गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>