देश/प्रदेश

२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकसहित ३ जना पक्राउ

Banner

विराटनगर, असोज २९-

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जना प्रकाउ परेका छन् । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले नाबालकसहित तीनजना यातायात मजदुरलाई पक्राउ गरेको हो ।

पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

तामाङ प्रदेश २४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>