देश/प्रदेश

नेपालबाट पूर्णरूपमा बाहिरियो मनसुन

Banner

काठमाडौँ, असोज २८

यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी गएको जेठ ३१ गते भित्रिएको थियो । नेपालमा एक सय २४ दिन रहेर मनसुन बाहिरिने सरदर मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो ।

नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>