अर्थ
आज एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य
०

काठमाडौँ, असोज २८-
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज् (आइतबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज दुई हजार नौ सय रुपैयाँ बढेर आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी, शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























