देश/प्रदेश

नेपालसँग बहराइन ७७ रनमा अलआउट

Banner

काठमाडौँ, असोज २८-

नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ ।

मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट भयो ।

दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।

बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>