देश/प्रदेश
पानीमा लामखुट्टेको लार्भा भेटिएपछि बूढानीलकण्ठको एक उद्योगलाई एक लाख रुपैयाँ जरिबाना
०

काठमाडौँ, असोज २६-
काठमाण्डौ महानगरपालिकाले जारमा लामखुट्टेको लार्भा भेटिएपछि एक पानी उद्योगलाई जरिबाना तिराएको छ ।
बूढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै हिजो एक लाख जरिबाना तिराइएको महानगरपालिकाले जनाएको हो ।
महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको बताउनु भयो ।
बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो ।
काठमाण्डौ महानगरपालिकाले गएको असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिबाना तिराएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























