राजनीति

राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा जाने

Banner

काठमाडौं,असोज २५-

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन। जर्मनीको एकीकरण तथा जर्मनी नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा आज साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताए। राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीका नागरिक, नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>