राजनीति

कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही गर्ने मन्त्री किराँतीको चेतावनी

Banner

काठमाडौं,असोज २५-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् ।

नियमभन्दा बाहिर जान कसैलाई पनि छुट नभएको भन्दै उनले बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्न नेपाल वायु सेवा निगममा जहाज चाहिने बताए । । भाडालाई सन्तुलित राख्न जहाज किन्ने प्रक्रियामा सरकार रहेको उनले बताए ।

उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए । उनले निजी कम्पनीहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले नीजि कम्पनीहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए ।

‘निजी कम्पनीहरुलाई बढी नियन्त्रण नगर्ने उनको भनाई छ । कानून भन्दा बाहिर गएर हवाइ भाडा बृद्धि गरेमा कारकाही गरिने चेतावनी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>