वागमती

अब अनलाइनबाटै लाइसेन्स नवीकरणको शुल्क तिर्न सकिने

Banner

काठमाडौं, असोज २५-

बागमती प्रदेशमा लाइसेन्स नवीकरणको शुल्क बुधबारबाट अनलाइनबाटै तिर्न सकिने भएको छ। यातायात व्यवस्था विभागले बुधबारबाट लागू हुने गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ।

विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार हाल यो सेवा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सुरू गरिएको छ। छिट्टै यो सेवा बागमती प्रदेशमा रहेको अन्य यातायात व्यवस्था कार्यालयबाट पनि सञ्चालनमा ल्याइनेछ।

यसभन्दा अघि यातायात कार्यालय कास्कीमा लाइसेन्स नवीकरणको शुल्क अनलाइनबाटै तिर्न सकिने सेवा सुरू भइसकेको हो। प्रवक्ता पनेरुका अनुसार भविष्यमा नेपालभरका यातायात कार्यालयबाट लाइसेन्सको लागि आवेदन बुझाउँदा र नवीकरण गर्दा अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा विस्तार गरिनेछ।

यो सेवा सञ्चालन भएसँगै सेवाग्राहीले लाइसेन्सको आवदेन दिँदा वा नवीकरण गर्दा लामो लाममा बस्नुनपर्ने भएको छ। सेवाग्राही यातायात कार्यालयमा बायोमेट्रिक्स र मेडिकल रिपोर्टको लागि मात्रै पुग्दा हुन्छ।

विभागले भविष्यमा यातायात कार्यालयबाट हुने हरेक भुक्तानी अनलाइन प्रणालीमार्फत् गर्न सकिने व्यवस्था मिलाउने समेत जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>