राजनीति
कालोबजारीलाई सरकारले प्रश्रय दिने काम गरेको छः प्रमुख सचेतक गिरी
०

काठमाडौं,असोज २५-
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कालोबजारीलाई सरकारले नै प्रश्रय दिएको उनले आरोप लगाए ।
उनले भने, ‘चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ । त्यो बजारमा आउन सकेको छैन । अहिले कालोबजारी मौलाएको छ । सरकारले त्यस्ता कालोबजारीलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यतिठूलो खेलबाड नगरोस् ।’
उनले जनताले पाउने अधिकार कुण्ठित नगर्न सरकारसँग माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























