राजनीति
अझै राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिस छानिने परम्परा छः रवि

काठमाडौं, असोज २५-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताएका छन्। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन्।
उनले अझै पनि दलहरूले आफ्नो मान्छेलाई भर्ती गर्ने गरेको बताए। उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे।
उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताए। त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दूतावासले गैरआवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताए।



























