देश/प्रदेश

स्वदेश फर्किनका लागि विमानस्थल पुगे इजरायलमा रहेका नेपाली विद्यार्थी

Banner

काठमाडौँ,असोज २५-

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किनका लागि इजरायलस्थित विमानस्थल पुगेका छन् । नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरूको उद्धार गर्न लागिएको हो ।

त्यसका लागि विद्यार्थीहरू इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका हुन् । आफूहरू बसोबास गर्दै आएको काडेश बार्नियाबाट विमानस्थल पुगेको विद्यार्थी सुरज भण्डारीले बताए । उनीहरूलाई बसमा राखेर साढे तीन घण्टा लामो यात्रापछि विमानस्थल पुर्‍याइएको हो ।

नेपालबाट इजरायलका लागि छुटेका जहाज स्थानीय समयअनुसार ११ः ३० बजे विमानस्थलमा पुग्नेछ । इजरायल पुगेपछि तत्कालै विद्यार्थीको उद्धार गरेर फर्किनेछ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इन्टर्न गर्न गत भदौ अन्तिम सातामा इजरायल पुगेका थिए । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । ४ जना विद्यार्थी समेत घाइते भएका थिए ।

घाइतेमध्ये २ जनाको अझै उपचार भइरहेको छ भने २ जना डिस्चार्ज भइसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>