देश/प्रदेश

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी, जिल्ला प्रशासनलाई छैन जानकारी

Banner

काठमाडौं, असोज २५-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन्। मोदी हेलिकोप्टरबाट आज बिहान साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका छन्। मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन् भने कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ। कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्नेछन्।

नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग समान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। मोदीले कालापानी क्षेत्रमा तैनाथ मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्।

त्यसपछि मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन्।

यता अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन दार्चुलाले जनाएको छ। मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>