राजनीति

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन राजनीतिक इच्छाशक्ति आवश्यक छ: सभापति राणा

Banner

काठमाडौं, असोज २४-

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने बताएकी छन्। बुधबार समिति बैठकमा बंगलादेशको उदाहरण दिँदै सरकारले नीति बनाएर मात्रै नहुने भन्दै त्यसका लागि इच्छाशक्ति महत्वपूर्ण रहेको उल्लेख गरेकी हुन्।

बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न हासिल गरेको सफलता र त्यहाँ रहेका कृषि परियोजनाको अध्ययन गर्न देउवाको नेतृत्वमा सांसदको टोली बंगलादेश गएको थियो।

बंगलादेशबाट फर्किएपछि बुधबार समितिको बैठकमा उनले भ्रमण अध्ययनबारे भनिन्, ‘बङ्गलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफल गर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं। बंगलादेशमा कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्।’

देउवाले बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न गरेको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने बताइन्। उनले प्रधानमन्त्री, कृषि मन्त्रालयसहित सबै राजनीतिक दलहरुलाई कृषिमा आत्मनिर्भर बन्न राजनीतिक इच्छाशक्ति जगाउनुपर्ने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>