देश/प्रदेश
इजरायलमा मारिएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
०

काठमाडौं,असोज २३-
इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले घाइतेहरूको स्वास्थ्य उपचार गर्न, बेपत्ता नेपालीको तत्काल खोजी गर्न र अफ्ठ्यारोमा परेकाको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिए ।
सभापति राजकिशोर यादवले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए । समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्वआँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गरी पूर्णअवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























