राजनीति
इजरायलमा नेपालीको अवस्थाबारे सरकारले टाइम टु टाइम जानकारी दिँदा राम्रो हुन्छ: नेता सिंह

काठमाडौं, असोज २३-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो(छिटो जानकारी दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो-छिटो जानकारी दिनुपर्ने बताएका हुन् । साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
नेता सिंहले भने, ‘इजरायल युद्धको अवस्था संवेदनशील भएकाले सरकारको तर्फबाट टाइम टु टाइम जनतालाई जानकारी दिँदा राम्रो हुन्छ ।’
हमासले गत शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ । केही घाइते र केही सम्पर्कविहीन छन् । उनीहरुको अवस्थाबारे जानकारी नपाएको गुनासो आफन्तहरुले गरेकाले सरकारले छिटो–छिटो जानकारी दिनुपर्ने नेता प्रकाशमानको भनाइ छ ।



























