राजनीति

एमाले नेता पोखरेलाको प्रश्नः रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?

०
Banner

काठमाडौं, कात्तिक ११ –

पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको उहाँको आरोप छ । केही दिन अघि अर्थमन्त्री वाग्लेले भारतमा आयोजित एक सार्वजनिक टेलिभिजन कार्यक्रममा बोल्दै ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै अभिव्यक्ति दिनुभएको थियो । पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त आत्मसर्पणवादी चिन्तन मुलुकको हितकर हुन नसक्ने टिप्पणी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>