देश/प्रदेश

अहिले इजरायल भ्रमणमा नजान सरकारले गर्यो आग्रह

Banner

काठमाडौं, असोज २३-

सरकारले अहिले इजरायल भ्रमणमा नजान आग्रह गरेको छ। परराष्ट्र मन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मंगलबार इजरायलमा रहेका नेपालीका अवस्थालगायत विषयमा जानकारी गराउँदै मन्त्री साउदले अहिले इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्। मन्त्री साउदले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए।

‘अवस्था संवेदनशील छ, त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं।’

हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। इजरायलमा रहेका नेपालीमध्ये दुई सय जनाभन्दा बढीले आवेदन दिएका छन्। इजरायलमा चार हजार पाँच सय नेपाली कामदार छन्। २६५ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>