देश/प्रदेश
इजरायल आक्रमणमा नेपालीको मृत्यु भएपछि आज शोक घोषणा, राष्ट्रियसभाको बैठक शुक्रवारसम्मको लागि स्थगित
०

काठमाडौं, असोज २३-
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण भएको बैठक शुक्रवारसम्मको लागि स्थगित भएको संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बताए ।
इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकार आज राष्ट्रिय शोक घोषणा गरेको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम राष्ट्रिय शोकमा बैठक बस्न नसक्ने भएकाले अध्यक्ष गणेश तिमल्सिनाले बैठक शुक्रवार बिहान ११ः०१ बजे बस्नेगरी स्थगित गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























