देश/प्रदेश

गाजालाई पूर्ण कब्जामा लिन इजरायली रक्षामन्त्रीको निर्देशन

Banner

काठमाडौँ, असोज २२-
इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले हमास नियन्त्रित गाजा पट्टीलाई पूर्ण रूपमा नियन्त्रणमा लिन निर्देशन दिएका छन् । रक्षामन्त्री ग्यालेन्टले गाजा पट्टीलाई पूर्ण रूपमा नियन्त्रणमा लिन इजरायली सुरक्षा फौजलाई निर्देशन दिएका हुन् ।

रक्षामन्त्री ग्यालेन्टले गाजामा बिजुली, खाना र इन्धन आपूर्ति बन्द गरिने बताएका छन् । गाजा क्षेत्रमा करिब ६ लाखको बसोबास रहेको छ । गाजाको हवाई क्षेत्र र तटीय भूभागमाथि इजरायलको नियन्त्रण रहेको छ । यहाँ के पठाउने के नपठाउने भन्ने कुरा इजरायलले तय गर्छ । त्यस्तै इजरायलको राष्ट्रिय पूर्वाधार, ऊर्जा तथा खानेपानी मन्त्री इजरायल काट्जले भर्खरै गाजामा खानेपानी आपूर्ति बन्द गरिएको बताएका छन् । त्यस्तै उनले आइतबारदेखि नै गाजा क्षेत्रमा बिजुली र इन्धन आपूर्ति बन्द गरिएको एक्समार्फत जनाएका छन् ।

यसैबीच राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण त्यस क्षेत्रमा खाद्य संकट उत्पन्न हुने चेतावनी दिएको छ । द्वन्द्व बढ्दै जाँदा बालबालिका र जोखिममा रहेका परिवार आधारभूत खाद्य आपूर्तिबाट वञ्चित हुने अवस्था आउन सक्ने बताएको छ । डब्लूएफपीले खाद्यान्नको आपूर्ति व्यवस्था र मूल्य नजिबाट नियालिरहेको पनि जनाएको छ । डब्लूएफपीले अहिले पनि ३ लाख ५० हजार प्यालेस्टिनी नागरिकलाई खाद्य सामग्री आपूर्ति गरिरहेको जनाएको छ ।

टाइम्स अफ इजरायलका अनुसार हमासको आक्रमणमा परी ८ सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउँसोसम्म २ हजार ५ सय ६ जना घाइतेलाई अस्पताल लगिएको छ । त्यस्तै प्यालेस्टाइन क्षेत्रमा करिब ५ सय जनाको मृत्यु भएको पनि टाइम्स अफ इजरायलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>